नियम ७
विज्ञापन प्रकाशन गर्नु पर्ने
(१) आयोगले पदपूर्तिको लागि विज्ञापन प्रकाशन गर्दा रिक्त पदसंख्या, सेवा, समूह तथा उपसमूह, श्रेणी वा तह, आवश्यक न्यूनतम योग्यता, तालीम वा अनुभव आवश्यक पर्ने भएमा सो कुरा, दरखास्त दस्तुर, परीक्षा दस्तुर, दरखास्त फाराम बुझाउने म्याद र स्थान, परीक्षा हुने मिति तथा परीक्षाको तरिका र माध्यम (भाषा) समेत खुलाई नेपालको विभिन्न भागमा प्रचार प्रसार हुन सक्ने गरी आयोगको बुलेटिन, राष्ट्रियस्तरका दैनिक समाचारपत्रिका, आयोगको वेभसाइट तथा आवश्यकता अनुसार सञ्चारका अन्य माध्यम मार्फत विज्ञापन प्रकाशन गर्ने वा गराउनेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त फाराम बुझाउने म्याद दिंदा पहिलो पटक विज्ञापन प्रकाशन भएको मितिले कम्तीमा एक्काइस दिन दिनु पर्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दरखास्त फाराम बुझाउने म्याद समाप्त भएको मितिले सात दिनभित्र परीक्षा दस्तुरको दोब्वर दस्तुर तिरी दरखास्त फाराम बुझाउन सकिनेछ ।
(४) ……………..
(५) आयोगले निजामती सेवाको रिक्त पद पूर्ति गर्नको लागि कार्यतालिका बनाई वर्षको एकपटक विज्ञापन प्रकाशन गर्नेछ ।
तर निजामती सेवाको राजपत्र अनड्ढित पद पूर्ति गर्नको लागि वर्षको दुई पटक विज्ञापन प्रकाशन गर्न यस उपनियममा लेखिएको कुनै कुराले बाधा पर्ने छैन ।
(६) यस नियममा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै विशेष परिस्थिति परी दरखास्त फाराम बुझाउने म्याद थप गर्न आवश्यक छ भन्ने आयोगलाई लागेमा आयोगले दरखास्त फाराम बुझाउने म्याद थप गर्न सक्नेछ ।